सभामुखले आज शीर्ष नेताहरूसँग छलफल गर्दै

admin

काठमाडौं, २८ जेठ : सभामुख अग्निप्रसाद सापकोटाले आज संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखहरू र पूर्वप्रधानममन्त्रीहरूसँग छलफल गर्दैछन्।

समसामयिक विषयमा छलफलका लागि बैठक आयोजना गरिएको सभामुखका सञ्चारविज्ञ श्रीधर न्यौपानेले जानकारी दिए।

उनका अनुसार दिउँसो २ बजे संसद् भवन नयाँ बानेश्वरमा छलफल हुनेछ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि बोलाइएको छ।

सभामुख सापकोटा संसद् विघटनपछि पूर्वसभामुख एवं कानुन व्यवसायीहरूसँग चरणबद्ध छलफलमा जुटेका थिए।

प्रतिक्रिया