युरो कप फुटबल आजदेखि, उद्घाटनमा इटाली र टर्की भिड्दै

admin

काठमाडौं, २८ जेठ : यस वर्षको युरो कप फुटबल आजदेखि सुरु हुँदैछ । १६औँ संस्करणको युरो कप फुटबल आजदेखि सुरु हुन लागेको हो । प्रतियोगिताको उद्घाटन नेपाली समयअनुसार आज राति पौने १ बजे इटालीको रोममा हुनेछ । जहाँ प्रतियोगिताको पहिलो खेलमा इटाली र टर्की भिड्दैछन् ।

रोमको ओलम्पिक स्टेडियम हुने उद्घाटन खेलमा दुवै टोली जित निकाल्दै सुखद सुरुवात गर्ने लक्ष्यमा रहेका छन् । विश्व फुटबलमा बलियो रहेको इटालीसँग टर्कीले उसकै मैदानमा खेल्न लागेको हो ।

१६औँ संस्करणको युरो कप यसपटक युरोपको विभिन्न देशको ११ सहरमा आयोजना हुनेछ । प्रतियोगिता सुरु भएको ६० वर्ष पुगेको अवसरमा युरोपका ११ सहरमा प्रतियोगिता आयोजना हुन लागेको हो ।

युरोपियन फुटबलको सर्वोच्च निकाय युइएफएले युरो कप लण्डन, आम्स्टरडम, बाकु, सेभिया, बुचारेस्ट, बुडापेस्ट, कोपनहेगन, ग्लासगो, म्युनिख, रोम र सेन्ट पिटर्सबर्गमा आयोजना हुने जनाएको छ । जुलाई ११ मा सकिने युरो कपमा २४ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल लण्डनको वेम्बली रंगशालामा हुनेछ ।

प्रतिक्रिया