जुन १५ देखि साउदीमा माग पत्र प्रमाणीकरण हुने

admin

काठमाडौं, २८ जेठ : साउदीमा रहेको नेपाली दूतावासले १५ जुनदेखि पुनः माग पत्र प्रमाणीकरण गर्ने भएको छ । ‘फ्रन्ट डेस्क’मा काम गर्ने दूतावासका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि रोकिएको माग पत्र प्रमाणीकरणको काम १५ जुनदेखि पूर्ववत् सञ्चालनमा आउने दूतावासले जनाएको छ ।

माग पत्र प्रमाणीकरणका लागि जाँदा अब रोजगारदाता कम्पनीको ‘यूजर अकाउन्ट’मा पठाइएको माग पत्र स्वीकृति भएको म्यासेजको प्रिन्ट अनिवार्य गरिएको छ । दूतावासबाट प्रमाणीकरणको छाप लगाउँदा रोजगारदाता कम्पनीले अब अनलाइन प्रणालीमा अपलोड गरेकै कागजात दूतावासले नै प्रिन्ट गरी त्यसमा नै छाप लगाइदिने पनि दूतावासले जनाएको छ ।

प्रतिक्रिया