नेता बस्नेतद्वारा स्वर्गिय नरहरी लम्सालको परिवारलाई राहत रकम हस्तान्तरण

admin

भक्तपुर, २८ जेठ : नेकपा एमाले सूर्यविनायक नगरपालिका वडा नं. ७ वडा कमिटीले स्वर्गिय नरहरी लम्सालको परिवारलाई राहत रकम प्रदान गरेको छ । गत पाँच दिन अगाडि अस्वस्थ भइ अस्पताल भर्ना भएका लम्सालको गत आइतबार निधन भएको थियो ।

नेकपा एमालेको संगठन विस्तारसँगै धर्म र संस्कृतिको जर्गेना गर्ने कार्यमा महत्वपूर्ण योगदान पुर्‍याएका लम्सालप्रति श्रद्धाञ्जलि अपर्ण गर्दै वडा कमिटिले उनका परिवारलाई नगद एक लाख ३७ हजार ५०० रुपियाँ राहत रकम प्रदान गरेको हो । वडा कमिटिले स्वर्गिय लम्मसालको निवासमा श्रद्धाञ्जलि सभा गर्दै नेता एवं पूर्वमन्त्री महेश बस्नेतले लम्सालको परिवारलाई नगद रकम हस्तान्तरण गरे ।

श्रद्धाञ्जली सभामा पूर्व मन्त्री बस्नेत सहित, जिल्ला समन्वय समिति भक्तपुरको उपप्रमुख सरिता कुँवर, वडा नं. ७ का वडाध्यक्ष रविन्द्र सापकोटा, नेकपा एमाले सूर्यविनायक नगरपालिका वडा नं. ७ का संगठित सदस्य लगायत शुभेच्छुक विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया