भक्तपुर : नेकपा माओवादी केन्द्र भक्तपुरले सहिद वेपत्ता र विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेको छ । माओवादीले वाइसियल नेपाल भक्तपुरसमेतको सक्रियतामा राहत वितरण गरेको हो ।
जिल्लाकाे सूर्य विनायक नगरपालिकामा नगरपालिकाका सहिद तथा वेपत्ताका ३ घर परिवारलाई सहयाेग उपलब्ध गराएकाे छ । त्यस्तै चागुनारायणा नगरपालिकाका ४२ घर विपन्न परिवार गरी ४५ घर परिवारलाई खाद्यान्न उपलब्ध गराएकाे हाे ।
ती परिवारलाई काेराेनाका कारण बन्दकाे समयमा राहत स्वरूप दाल, चामल, नुन तेल उपलब्ध गराएको माओवादी भक्तपुरले जनाएकाे छ ।