देशभरको मौसम बदली : आज भीषण वर्षाको सम्भावना

admin

काठमाडौँ, ३० जेठ : जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भीषण वर्षा हुने सम्भावना रहेकाले त्यस क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ। यस्तै, आज देशका अधिकांश स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने जनाएको छ।

प्रदेश १ देखि लुम्बिनी प्रदेशको पूर्वी भू–भागसम्म मनसुनी वायुको प्रभाव रहेको तथा बाकी भू–भागमा पश्चिमी वायु र स्थानीय वायुको मिश्रित प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आइतबार बिहान देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका एक/दुई स्थानमा वर्षा भइरहेको छ।

दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। अधिकांश स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। प्रदेश २, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक/दुई स्थानहरुमा भीषण वर्षाको समेत सम्भावना छ।

यस्तै, साँझ देशभरको मौसम बदली रहनेछ। देशका अधिकांश स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भीषण वर्षाको सम्भावना छ।

प्रतिक्रिया