आज सात सय घट्यो सुनको मूल्य, कारोबार कतिमा ?

admin

काठमाडौं, ३१ जेठ : सोमबार सुनको मूल्य तोलामा सात सय रुपैयाँले घटेको छ । सोमबार सात सय रुपैयाँ घटेको सुनको मूल्य तोलाको ९३ हजार दुई सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । (हिजो) आइतबार सुनको मूल्य तोलामा छ सय रुपैयाँले घटेर ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, सोमबार तेजाबी सुन समेत सात सय रुपैयाँले नै घट्दै ९२ हजार सात सय रुपैयाँ कायम भएको छ । यसैगरी चाँदीको मूल्य पनि सोमबार तोलामा पाँच रुपैयाँ घटेर तोलाको १३ सय ६५ रुपैयाँ तोकिएको छ । आइतबार चाँदी तोलाको १३ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया