आज चार हजारभन्दा धेरै कोरोनामुक्त, थप ४१ जनाको ज्यान गयो

admin

काठमाडौं, १ असार : मंगलबार देशभर चार हजारभन्दा धेरै कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा चार हजार एक सय ८७ जनाले कोरोनालाई जितेका छन् । मंगलबार संक्रमणमुक्त भएकासँगै अहिलेसम्म नेपालमा पाँच लाख ४० हजार चार सय ३९ जना कोरोनामुक्त भएका छन् ।

नेपालमा अहिले संक्रमण निको हुने दर ८८ दशमलव ३ प्रतिशत रहेको छ । यस्तै बितेको २४ घण्टामा थप ४१ जनाको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको छ । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या आठ हजार पाँच सय ६ पुगेको छ ।

यस्तै बितेको २४ घण्टामा दुई हजार सात सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सात हजार चार सय ४९ जनाको पीसीआर परीक्षण गर्दा एक हजार ६ सय ८१ जनामा र पाँच हजार आठ सय ४१ जनाको एन्टिजेन विधिमार्फत परीक्षण गर्दा एक हजार ६४ जना गरी दुई हजार सात सय ४५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया