बहराइनमा कार्यरत श्रमिकलाई कोरोनाको खोप लगाउन अनुरोध

admin

काठमाडौं, ४ असार : बहराइनमा रहेको नेपाली दूतावासले गैर कानुनी रूपमा काम गरिरहेका सबै नेपालीलाई कोरोना विरुद्धको खोप लगाउन आग्रह गरेको छ । बहराइन सरकारले उपलब्ध गराएको खोप लगाउन आवश्यक दर्ता गराउन असमर्थ गैर कानुनी रूपमा काम गरिरहेका नेपाली नागरिकलाई खोप लगाउन दूतावासले अनुरोध गरेको हो ।

दूतावाससँगको समन्वयमा बहराइनका विभिन्न स्थानमा खोप कार्यक्रम सञ्चालन हुने भन्दै दूतावासले खोप लगाउन अनलाइन दर्ता गर्न पनि अनुरोध गरेको छ । खोप लगाउनका लागि https:/bh.nepalembassy.gov.np/covid-19-vaccine/ मा दर्ता गर्न सकिन्छ । बहराइन सरकारले बहराइनी नागरिक सरह विदेशी नागरिकलाई पनि खोप उपलब्ध गराइरहेको छ ।

प्रतिक्रिया