बाढी आएको कारण बुझ्न प्राविधिकसहित विज्ञको टोली हेलम्बुमा

admin

काठमाडौं, ५ असार : मेलम्चीमा पानी नपर्दा पनि बाढी आएको कारण बुझ्न प्राविधिकसहितको विज्ञको टोली सिन्धुपाल्चोकको हेलम्बुमा पुगेको छ । शनिबार हेलिकोप्टरबाट राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलको नेतृत्वमा प्राविधिकसहित १० जना विज्ञको टोली हेलम्बु पुगेको हो ।

अहिले बाढी पहिरो आएका ठाउँको अवलोकन र निरीक्षण गर्ने काम भइरहेको पोखरेलले जानकारी दिए । उनका अनुसार पानी नपरे पनि मेलम्चीमा बाढी आउनुको कारण बेलुकासम्ममा केही जानकारी सार्वजनिक गरिनेछ ।

विज्ञ टोली शनिबार नै काठमाडौं फर्किने छ । मेलम्ची खोलामा अहिले पानीको सतह कम भए पनि घटबढ भइरहेकाले त्रास थपेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया