बाख्रा चराउन गएकी बालिकाको हत्या

admin

राजविराज, ५ असार :  बाख्रा चराउन गएकी एक बालिकाको सप्तरीमा ह त्या भएको छ। डाक्नेश्वरी नगरपालिका–३ तरही बस्ने रामउदगार यादवकी छोरी शिवानीकुमारीको हँसियाले घाँटी काटेर ह त्या गरिएको अवस्थामा श व फेला परेको स्थानीयवासीले जानकारी दिएका छन्।

काटेको स्थानबाट दुई मिटर माथि घिसारेर लगेको र श व घोप्टो परेको अवस्थामा फेला परेको तरही गाविसका पूर्व अध्यक्ष शोभानन्द रायले बताए। ह त्यामा प्रयोग भएको हँसिया बालिकाको दुई खुट्टाको बीचमा गाडिएको अवस्थामा प्र हरीले बरामद गरेको छ।

पाँच वर्षीया बहिनीसँग बाख्रा चराउन र घाँस काटन गएकी बालिकाको घाँटी का टेर ह त्या गरिएको अवस्थामा फेला परेपछि परिवारका सदस्यहरु अचेत भएका छन्। हटेल पुवरिया टोलस्थित शिवनाथ यादवको फूलबारीमा अपरिचित व्यक्तिले बालिकाको वि भत्स ह त्या गरेपछि गाउँलेहरु समेत भयभित भएका छन्।

गाउँलेहरुका अनुसार सामान्य पानी पर्न थालेपछि बाख्रा चराउन सँगै गएकी पाँच वर्षीया बहिनीलाई शिवानीले घर पठाइन्। शिवानी भने हटेल पुवरिया टोलस्थित उँचो स्थानमा रहेको फूलबारीमा हावाले झारेको आँप टिप्न लागिन्।

आसपासका खेतमा धान रोप्ने, कोदाले खन्ने र हलो जोत्नेहरु काम गरिरहेका थिए। तर घटनाबारे कसैले केही थाहा नपाएको र शिवानीकी बहिनीले समेत केही बताउन नसकेको एसपी धमलाले बताए।

प्रतिक्रिया