भोलि ललितपुर महानगरका ७७ वर्षमाथिकालाई दोस्रो मात्रा खोप लगाइने

admin

ललितपुर, ८ असार : ललितपुर महानगरपालिकाका ७७ वर्षमाथिका नागरिकलाई कोरोना भाइरसविरुद्धको दोस्रो मात्रा खोप लगाइने भएको छ । महानगरपालिकाले सूचना निकालेर ७७ वर्षमाथिका दुई हजार दुई सय जना नागरिकलाई (भोलि) बुधबार कोभिशिल्डको दोस्रो मात्रा खोप लगाइने जानकारी दिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयबाट कोभिशिल्डको दोस्रो मात्राका लागि दुई हजार पाँच सय खोप मात्रै उपलब्ध भएकाले वडाको सिफारिसमा दुई हजार दुई सय जना ७७ वर्षमाथिका नागरिक र बाँकी स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेवक, कर्मचारी र जनप्रतिनिधिलाई लगाइने महानगपालिकाले जनाएको छ । खोपका लागि आठ वटा केन्द्र तोकिएको छ । खोप कार्यक्रम बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म चल्ने महानगरपालिकाले सूचनामार्फत जानकारी दिएको छ ।

प्रतिक्रिया