दलित युवतीलाई कोठा नदिएको आरोपमा पक्राउ परेकी घरबेटी सरस्वती प्रधान रिहा

admin

काठमाडौं, ९ असार : दलित युवतीलाई कोठा नदिएको आरोपमा पक्राउ परेकी घरबेटी सरस्वती प्रधान रिहा भएकी छिन् । गत ६ असारमा सिंहदरबार प्रहरीले प्रधानलाई बबरमलस्थित निवासबाटै पक्राउ गरेको थियो । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको रोहबरमा सिंहदरबार वृत्तले प्रधानलाई रिहा गरेको हो ।

प्रधानका समर्थकहरुले उल्टो रुपा सुनारलाई कारबाही गर्नुपर्ने भन्दै नाराबाजी गरेका थिए । मन्त्री श्रेष्ठकै गाडीमा प्रधानलाई निवाससम्म लगिएको छ । प्रधानविरुद्ध २४ वर्षीया रुपा सुनारले प्रहरीमा उजुरी दिएकी थिइन् । काठमाडौं महानगरपालिका-११ बबरमहलका ५८ वर्षिया सरस्वती प्रधानविरुद्ध जातीय भेदभाव छुवाछुत तथा कसुर र सजाय ऐन २०६८ अनुसार जाहेरी परेको थियो ।

रुपाका अनुसार घरबेटी प्रधानले सबै कुरा मिलेपछि कोठा भाडामा दिनुअघि जात सोधेकी थिइन् । दलित समुदायको भन्ने थाहा पाएपछि भने भाडा दिन इन्कार गरेको रुपाले जाहेरीमा उल्लेख गरेकी छिन् ।

प्रतिक्रिया