देउवानिवास बूढानीलकण्ठमा विपक्षी गठबन्धनको बैठक जारी

admin

काठमाडौँ, असार ९ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवानिवास बूढानीलकण्ठमा विपक्षी गठबन्धनको बैठक बसिरहेको छ। बैठकमा देउवासहित नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवलगायत सहभागी छन्।

बैठकमा सर्वाेच्च अदालतको पछिल्लो आदेशपछिको रणनीतिबारे छलफल भइरहेको बुझिएको छ। मंगलबार सर्वाेच्च अदालतले मन्त्रिपरिषद् पुनर्गठन र विस्तार गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय कार्यान्वयनमा रोक लगाउँदै २० जना मन्त्री पदमुक्त हुने अन्तरिम आदेश गरेको थियो। अदालतको आदेशसँगै १७ मन्त्री र तीन राज्यमन्त्री पदमुक्त भइसकेका छन्।

ओलीले प्रतिनिधि सभा विघटन गरेपछि जेठ २१ र २७ गते मन्त्रिपरिषद् विस्तार गरेका थिए। बुधबारदेखि सर्वाेच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटन सम्बन्धका रिटमा निरन्तर सुनुवाइ सुरु भएको छ। विपक्षी गठबन्धनको तर्फबाट कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने मागसहित सर्वाेच्च रिट दायर भएको थियो।

प्रतिक्रिया