खोलाले बगाउँदा एक जनाको मृत्यु

admin

दाङ, असार ९ : दाङमा खोलाले बगाएर एक जनाको मृ त्यु भएको छ। लमही नगरपालिका ३ फल्कापुरका ३० वर्षीय मणिराम चौधरीको स्थानीय खहरे खोलामा आएको बाढीले बगाउँदा मृत्यु भएको दाङ जिल्ला प्र हरी प्रवक्ता डिएसपी मुकुन्द रिजालले जानकारी दिए।

फाइल फोटो

खेतमा काम गरी घरतर्फ फर्किंदै गरेका चौधरीलाई बुधबार दिउँसो ४ बजेतिर खोलाले बगाएको थियो। स्थानीयले उद्धार गरी लमही अस्पताल पुर्‍याएको भए पनि गम्भीर अवस्थाका चौधरीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको श व लमही अस्पतालमा राखिएको छ।

प्रतिक्रिया