बालबालिकाको झगडामा अभिभावकबीच झडप, २० भन्दा बढी स्थानीय घाइते

admin

काठमाडौँ, असार ९ : सर्लाही ।बरहथवा नगरपालिकामा दुई गाउँका स्थानीयबीच कुटाकुट हुँदा २० जनाभन्दा बढी घा इते भएका छन् । नगरपालिका वडा नम्बर १७ पडरिया टोल र वडा नम्बर १८ श्रीपुरका स्थानीयबीच बालबालिकाको झग डाको विषयलाई लिएर भएको झडपमा २० भन्दा धेरै व्यक्ति घा इते भएको इलाका प्र हरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिनुभयो ।

बालबालिकाले जामुनको विषयलाई लिएर झगडा भएकोमा उनीहरूका अभिभावक आएर झ गडा बल्झाएको भाटले बताउनुभयो । मंगलबार दिउँसो भएको झडपमा दुवैतर्फका धेरै स्थानीयको टाउको फुटेको र जिउभरी चोटपटक लागेको उहाँको भनाइ छ । झडपमा लाठी, मुङ्ग्रा, बाँसका भाटाहरू प्रयोग भएको थियो ।

यद्यपि अहिले झडप नियन्त्रणमा आएको र घाइतेलाई उपचारको प्रबन्ध भइरहेको प्रहरीले जनाएको छ । झडप नियन्त्रणका लागि पुगेको प्रहरीसमेत घाइते भएको प्रहरी नायब उपरीक्षक भाटले बताउनुभयो ।

प्रतिक्रिया