१८ वर्षीय युवकको ह’त्या आरोपमा एकै घरका ३ जना पक्राउ

admin

कपिलवस्तु, १० असार : कपिलवस्तु नगरपालिका-८ बेलौहामा १८ वर्षीय युवकको ह’त्यामा संलग्न रहेको आरोपमा एकै घरका ३ जनालाई पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा स्थानीय ३२ वर्षीय रमेश कहार, २३ वर्षीय अनिल कहार र २२ वर्षीया वासमती कहार रहेको प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार वासमतीसँग प्रेम सम्बन्ध रहेका १८ वर्षीय विजयबहादुर कुर्मीलाई वासमतीका पति रमेश कहार र भाइ अनिल कहारले आफ्नो घरमा कु’ट’पि’ट गरी ह’त्या गरेका हुन् । गएको असार ३ गते रमेश छिमेकीको विवाहमा बाहिर गएको मौका छोपी वासमतीले विजय कुर्मीलाई घरमा बोलाएकी थिइन् । राति नफर्केने गरी विवाहको जन्ती गएका रमेश अचानक त्यही रात विवाहबाट फर्केर घरमा आउँदा एउटै कोठामा आफ्नी श्रीमतीसँगै विजयलाई भेटाएका थिए ।

आफ्नी श्रीमतीसँग पर पुरुषलाई राति आफ्नो कोठामा देखेपछि आफ्ना भाइसमेतलाई बोलाइ रमेशले विजयलाई कु’ट’पि’ट गर्दा विजयको ज्यान गएको प्रहरी अनुसन्धानमा खुलेको छ । मृतक विजयको श’व आफ्ना भाइ र श्रीमती समेतको सहयोगमा आरोपी रमेशले राति घर नजिकै रहेको पोखरीमा फालेको प्रहरीले जनाएको छ ।

असार ७ गते कपिलवस्तु नगरपालिका वडा नं. ८ पूर्व डिही वेलौहा स्थित सरकारी पोखरीमा विजयको श’व भेट्टिएको थियो । उक्त ह’त्यामा वासमतीको प्रत्यक्ष संलग्नता नदेखिए पनि घटना थाहा पाएर प्रहरीलाई कुनै जानकारी नदिएको, घटनाको समयमा हल्ला तथा अन्य छिमेकीहरुसँग गुहार नगरेको कारण उनी पनि ह’त्या घटनामा दोषी भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया