सन्तोषी सुब्बाको ह’त्या आरोपमा एक जना पक्राउ

admin

काठमाडौं, १० असार : विभिन्न पशुपंछीको आवाज निकालेर चार्चामा आएकी सन्तोषी सुब्बाको ह’त्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । दक्षिणकालीको जंगलमा मृ’त अवस्थामा भेटिएकी सुब्बाको ह’त्यारा आरोपमा प्रहरीले एक जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

महानगरीय अ’पराध महाशाखाले मृ’तक सुब्बाको ह’त्यारा आरोपी सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी १४ घर भइ दक्षिणकाली नगरपालिकामा बस्ने २९ वर्षीय सुरेश तिमल्सिनालाई बिहीबार सार्वजनिक गरेको हो । सुब्बा दक्षिणकाली नगरपालिका-७ को दक्षिणकाली मन्दिरको जंगल परिसरको पिकनिक स्थलमा रहेको सार्वजनिक शौचालयमा मंगलबार मृ’त अवस्थामा भेटिएकी थिइन् ।

गएको असार ६ गते मृ’तक सन्तोषी सुब्बाले अभियुक्त सुरेश तिमल्सिनालाई खाने र बासको समस्या भएको बताएपछि तिमल्सिनाले खाना र सुत्ने व्यवस्था आफूले काम गर्ने बसमा काम मिलाइदिन्छु भनी दक्षिणकालीको जंगलमा लगेर जबरजस्ती गर्न खोजेको र मृ’तकले प्रतिकार गर्न खोज्दा घाँटी थिची ह’त्या गरेको अनुसन्धानको क्रममा खुल्न आएको महानगरीय अपराध महाशाखाका प्रमुख चन्द्र कुबर खापुङले बताए ।

अभियुक्तलाई लुकिछिपी बसेको अवस्थाबाट काठमाडौं महानगरपालिका-२७ कमलाक्षी इनबहालबाट पक्राउ गरी थप अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ । अभियुक्तको साथबाट घटनाको बेलामा लगाएका कपडा, मृ’तकको मोबाइल र मेमोरी कार्डसमेत फेला परेको प्रमुख खापुङले बताएका छन् ।

प्रतिक्रिया