कोलम्बियाका राष्ट्रपति सवार हेलिकप्टरमा गो’ली प्र’हार

admin

एजेन्सी, १२ असार : कोलम्बियाका राष्ट्रपति सवार हेलिकप्टरमा गो’ली प्र’हार भएको छ । भेनेजुएलाको सीमा नजिक उडिरहेका बेला राष्ट्रपति इभान दुके चढेको हेलिकप्टरमा गो’ली प्र’हार भएको बीबीसीले जनाएको छ । हेलिकप्टरमा राष्ट्रपति दुकेसँगै रक्षा मन्त्री, आन्तरिक मामिला मन्त्री र राज्यका गभर्नर रहेका थिए ।

घटनामा हेलिकप्टरमा रहेका सबै सकुशल रहेका राष्ट्रपति दुकेका प्रवक्ताले जनाएका छन् । आ’क्रमणको अहिलेसम्म कसैले जिम्मा लिएको छैन । घटनापछि राष्ट्रपति दुकेले आ’क्रमणलाई कायरता भनेर निन्दा गर्दै आफ्नो देश आतङ्कवादसँग लड्न सक्षम रहेको बताएको बीबीसीले जनाएको छ ।

उनले यस्तो हमला सामना गर्न कोलम्बिया निकै शक्तिशाली रहेको जिकिर गरेका छन् । साथै उनले यस हमलामा संलग्नलाई पहिचान गर्न सुरक्षा निकायलाई निर्देशनसमेत दिएका छन् । स्थानीय पत्रिकाका अनुसार हेलिकप्टरमा बसेकाहरुले इन्जिनमा केही चिज ठोक्किएको आवाज सुनेका थिए । त्यतिबेला हेलिकप्टर जमिनबाट थोरै उचाईंसम्म मात्र उडेको थियो ।

राष्ट्रपतिमाथि हमलामा भएको क्षेत्रमा नेशनल लिब्रेसन आर्मी (ईएलएन) चरमपन्थीहरु सक्रिय रहेका छन् । ईएलएन देशको सबैभन्दा ठूलो विद्रोही समूह हो जसलाई कोलम्बियाको साथै अमेरिका र यूरोपेली संघले पनि चरमपन्थी समूह घोषणा गरेको छ । सन् १९६४ मा यो विद्रोही समूह गठन भएको थियो । देशमा भूमि र धनको असमान वितरणविरुद्ध लड्न यसको उद्देश्य रहेको छ ।

प्रतिक्रिया