भेलको पानी खेतमा लगाइदिएको निहुँमा झडप, १५ जना घाइते

admin

रौतहट, १२ असार : भेलको पानी अर्काको खेतमा लगाइदिएको विषयमा झडप हुँदा १५ जना घाइते भएका छन् । रौतहट मौलापुर नगरपालिका वडा नम्बर १ का मुलावी साहले हृदय यादवको खेतमा भेलको पानी लगाइदिएपछि झडप भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक (एसपी) सिद्धिविक्रम शाहले जानकारी दिएका छन् ।

घटनामा साह पक्षका ८ जना र यादव पक्षका ७ जना घाइते भएका छन् । उनीहरुको उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको एसपी शाहले बताए । घटनास्थलमा प्रहरी परिचालन गरिएको छ । अहिले अवस्था सामान्य रहेको उनले बताए ।

प्रतिक्रिया