अमेरिकी नागरिक जर्ज फ्लोइडको ह’त्यामा संलग्न पूर्व प्रहरी चोभनलाई साढे २२ वर्षको जेल सजाय

admin

एजेन्सी, १२ असार : अमेरिकामा पक्राउ पर्ने क्रममा ज्यान गुमाएका जर्ज फ्लोइडको ह’त्यामा दो’षी ठहर गर्दै पूर्व प्रहरी डेरेक चोभनलाई साढे २२ वर्षको जेल सजाय तोकिएको छ । गत वर्ष मिनेशोटा राज्यको मिनियापोलसमा भएको घटनाको बारेमा १४ दिनको सुनुवाइमा ४५ जना साक्षीको बयान तथा पक्ष विपक्षका वकिलको बहसपछि पूर्व प्रहरी डेरेक चोभनलाई दो’षी ठहर गरेको बीबीसीले जनाएको छ ।

चोभनलाई हिं’सात्मक आ’पराधिक रुपमा दर्ता गरेर जीवनकाल भर ब’न्दुक लिन नपाउने फैसला पनि अदालतले गरेको छ । अश्वेत अमेरिकी जर्ज फ्लोइडलाई पक्राउ गर्ने क्रममा प्रहरीले ९ मिनेटसम्म घाँटी थिच्दा उनको ज्यान गएको थियो । फ्लोइडको ज्यान गएपछि अमेरिकासहित विश्वका विभिन्न दशेमा रङ्गभेदविरोधी प्रदर्शन भएको थियो । फ्लोइडको परिवार र समर्थकले सजायको स्वागत गरेका छन् । राष्ट्रपति जो बाइडेनले सजाय पर्याप्त देखिएको प्रतिक्रिया दिएको बीबीसीले जनाएको छ ।

न्यायाधिसका अनुसार चाउभिनले पदको दुरुपयोग गरेको तथा फ्लोइडमाथि क्रु’रता देखाएका कारण यस्तो सजाय तोकिएको हो । फ्लोइडको मृत्युसँगै विश्वभर रंगभेद र प्रहरी दमनविरुद्ध आन्दोलन चर्किएको थियो । त्यसयता, गत वर्ष ४५ वर्षीय चाउभिनविरुद्ध सेकेन्ड डिग्री मर्डर र अन्य अभियोगहरु लगाइएको थियो । अन्य तीन पूर्व प्रहरी अधिकारीहरुलाई पनि अलग-अलग रुपमा जर्ज फ्लाईडको मानव अधिकार हनन गरेको भन्दै मुद्दा चलाइएको थियो ।

यस्तै सुनुवाईका क्रममा फ्लोइडका भाई टेरेन्स फ्लोइडले अधिकतम उपलब्ध सजाय अर्थात् ४० वर्षको सजाय दिन माग गरेका थिए । ‘किन ? तिमी के सोच्दै थियौं ? जब तिम्रो घुँडा मेरो दाईको घाँटीमा थियो, तब तिम्रो टाउकोमा के चलिरहेको थियो ? फ्लोइडकी ७ वर्षिया छोरी जियन्नाको भिडियो रेकर्डिङ पनि अदालतमा पेश गरिएको थियो । जियन्नाले आफ्ना बाबुलाई निकै मिस गरिरहेको बताइन् । ‘म उनीबारे सधैं सोधिरहन्छु,’ उनले भनिन्, ‘मेरो ड्याडीले सधैं मलाई दाँत माझ्न सहयोग गर्नुहुन्थ्यों ।’

न्यायाधिसले समुदाय र देशकै लागि यो प्रकरण पीडादायी भएको बताए । तर सबैभन्दा ठूलो पीडा फ्लोइडको परिवारले व्यहोर्नुपरेको उनले बताए । ‘यो सजाय भावना वा सहानूभूतीमा आएर गरिएको होइन । तर, यही समय म यो स्विकार्न चाहन्छु कि सबै परिवारले दर्दनाक पीडा भोगेका छन्, विशेषगरी फ्लोइडको परिवारले,’ न्यायाधिस पिटर चाहिलले भनेका छन् ।

प्रतिक्रिया