वडाध्यक्षको इटा प्रहारबाट स्थानीय घाइते

राष्ट्रिय समाचार समिति

झापा , असार १९ : झापाको मेचीनगर नगरपालिका १३ का वडाध्यक्ष कृष्णराज सिग्देलको आक्र मणमा परी एक स्थानीय गम्भी र घा इते भएका छन् । सडकमा ढल बनाउने विषयमा वि वाद हुँदा सिग्देलले स्थानीय अर्जुन थेवेको टाउकोमा इटा प्र हार गरेका थिए ।

थेवेको चारआलीस्थित मनकामना अस्पतालमा प्राथमिक उपचार पश्चात बिएण्डसी हस्पिटलमा उपचार भैरहेको प्र हरीले जनाएको छ । घा इते थेवेको अवस्था सामान्य रहेको जिल्ला प्र हरी कार्यालय झापाका प्रवक्ता डिएसपी राकेश थापाले जानकारी दिए ।

उनको टाउकोमा ६ टाँका लगाइएको छ । शुक्रबार अपरान्ह चारआलीस्थित थेवेको घर अगाडि सडकमा ढल निर्माण गर्ने बिषयमा उनीहरु बीच विवाद भएको थियोे । दुईजना बीच धकेलाधकेल भएपछि वडाध्यक्ष सिग्देलले थेवेको टाउकोमा इटा प्र हार गरेको प्रत्यक्षदर्शीले बताए ।

आज घट नाको बिषयमा छलफल गर्ने गरि वडाध्यक्ष सिग्देललाई मेचीनगरका प्रमुख बिमल आचार्य र उपप्रमुख मिना उप्रेतीको रोहबरमा चार आली चौकीबाट लगिएको बताइएको छ । हालसम्म पीडितको तर्फबाट कुनै किटानी जाहेरी नदिइएको प्र हरीले जनाएको छ । घा इते थेबे नेपाली कांग्रेसको मेचीनगर नगर कमिटीका सचिब हुन् ।

प्रतिक्रिया