एमाले बैठकमा महेश बस्नेतको ८ बुँँदे प्रस्ताव– संघीयता र धर्म निरपेक्षताबारे समीक्षा गरौं

admin

काठमाडाैं, असार १९ : नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा संघीयताको उपादेयताका बारेमा समीक्षा गर्ने प्रस्ताव पेश भएको छ । केन्द्रीय सदस्य तथा युवा इन्चार्ज बस्नेतले संघीयताकाे समीक्षा हुनुपर्ने प्रस्ताव राखेका हुन् ।

बस्नेतले धर्म निरपेक्षताको बारेमा समेत बहस हुनुपर्ने भन्दै मुलकको विशिष्ठ पहिचानको घोषणा हुनुपर्ने विषय प्रवेश गराएका छन् । बस्नेतको ८ बुँदे प्रस्तावमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री रहने गरी संविधान संशोधन हुनुपर्ने र दुई कार्यकालभन्दा बढी प्रधानमन्त्री बन्न नपाइने उल्लेख छ ।

उनले पार्टी अध्यक्ष पनि दुई कार्यकाल भन्दा बढी हुन नपाइने र ३ कार्यकालभन्दा बढी पार्टीको पदाधिकारी हुन नपाइने प्रस्ताव गरेका छन् । त्यस्तै पार्टी र राज्यका पदहरुमा युवाको ४० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्न बस्नेतले माग गरेका छन् ।

उनले पार्टीको महाधिवेशनको राजनीतिक प्रतिवेदन र विधान तथा चुनावको घोषणापत्रमै यो विषयको सम्बोधन गर्न केन्द्रीय कमिटीबाट कार्यदल बनाउन माग गरेका छन् ।

यस्तो छ महेशको आठ प्रस्ताव
१. संघीयताको बारेमा समिक्षा गरौं ।
२. मुलुकको बिशिष्ट पहिचान घोषणा गरौं ।
३. धर्म निरपेक्षताको बारेमा बहस गरौं ।
४. शासकीय स्वरुप प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ ।
५. दुई कार्याकाल भन्दा बढी प्रधानमन्त्री नबनाउने संबैधानिक ब्यबस्था कायम गरौं ।
६. पार्टी अध्यक्ष २ कार्यकाल, पदाधिकारी ३ कार्यकाल भन्दा बस्न नपाउने ब्यब्स्था गरौं ।
७. पार्टी र राज्यका राजकीय र शासकीय स्थानमा युवाहरुको ४० प्रतिशत सुनिश्चित गरौं ।
८. पार्टी महाधिवेशनको राजनैतिक प्रतिबेदन र बिधान अनि चुनावको घोषणा पत्रमा यो बिषय सम्बोधन गर्न यही बैठकबाट कार्यदल बनाएर जाऊँ ।

प्रतिक्रिया