आज यी नदीहरूमा पानीको बहाव बढ्न सक्ने, सतर्कता अपनाउन सुझाव

admin

काठमाडौं, २० असार : आज कोशी, नारायणी र यसका सहायक नदीहरुमा मध्यम तथा भारी वर्षा भई बहाव केही बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले सूचना जारी गर्दी यी नदीहरू तथा कन्काई, कमला, बागमती, पूर्वी राप्ती र बबई जलाधारका केही साना सहायक नदीमा क्षणिक मध्यम/भारी बर्षा भई बहाब केही बढ्ने जनाएको हो ।

महाशाखाले केही साना नदीमा समेत आकस्मिक बहाव हुन सक्ने पुर्वानुमान रहेको भन्दै तटीय क्षेत्रका क्रियाकलापमा सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया