टिपरको ठक्करबाट काठमाडौंमा दुई जनाको मृत्यु

admin

काठमाडौं, २० असार : काठमाडौंमा टिपरको ठक्करबाट दुई जनाको ज्यान गएको छ। एक जना घा इते भएका छन्।

काठमाडौंको टोखा नगरपालिकामा गएराति पौने ११ बजे बा २ क ३४६६ नम्बरको टिपरको ठक्क रबाट प्रदेश ३–०२–०१० प ७२२१ नम्बरको मोटरसाइकलका चालक नुवाकोटको बेलकोट नगरपालिका–६ का २६ वर्षका सन्तोष अधिकारी र मोटरसाइकलको पछाडि बस्ने त्यही ठाउँका २२ वर्षका दिपेश थापाको घटनास्थलमा नै ज्यान गएको काठमाडौं ट्राफिक प्र हरी जनाएको छ।

तीन जना सवार मोटरसाइकलमा पछाडि बस्ने ३० वर्षका सागर खतिवडा घाइते भएको र उनको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ। टिपर चालकलाई प्रहरीले प क्राउ गरेको छ।

 

प्रतिक्रिया