उपत्यकामा जोरबिजोर प्रणाली हट्यो

admin

काठमाडौं, २० असार : काठमाडौं उपत्यकाको सार्वजनिक यातायातको जोरबिजोर प्रणाली हटेको छ। आइतबार बसेको जिल्ला प्रशासन कार्यलय काठमाडौं,भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले यस्तो निर्णय गरेको हो।

बैठकले १० दिन निषेधाज्ञा थप्ने पनि निर्णय गरेको छ। निर्णयअनुसार अब २२ गतेबाट २५ सिटमुनिका सबै सार्वजनिक सवारीसाधन चल्न पाउने भएका छन्।

यसअघि जोरबिजोर प्रणालीबाट २५ सिट माथिका मात्रै सवारीसाधन चल्न दिइएको थियो। सवारीसाधनमा भएको सिट क्षमताअनुसार मात्र यात्रुहरु राख्न पाइने छ।

प्रतिक्रिया