स्थानीयबासिन्दा र प्रहरीबीच झडप, पूर्वी चितवन राजमार्गमा कर्फ्यु

admin

चितवन, २२ असार :  राप्ती नगरपालिका–३ कि सुजिता भण्डारीको मृ त्युपछि आन्दोलित स्थानीयबासिन्दा र प्र हरीबीच मंगलबार झ डप भएसँगै पूर्वी चितवनमा कर्फ्यू लगाइएको छ । सुजिताको भण्डारीको मृ त्युको घट ना अनुसन्धानको माग गर्दै आन्दोलित स्थानीयवासिन्दाले राजमार्ग अवरुद्ध गरेपछि दुई पक्षबीच झ डप भएको थियो ।

झ डपपछि अवस्था जटिल बनेपछि प्र हरीले कर्फ्यू लगाएको हो । प्र हरीले राप्ती नगरपालिका–४ डढुवासम्मको राजमार्गको दाँयाबाँया ५०० मिटर क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ । स्थानीय वासिन्दाले पूर्वपश्चिम राजमार्ग दिउँसो ३ बजेदेखि अवरुद्ध गर्दै आएका थिए । तर, प्र हरीले राजमार्ग खुलाउन खोज्दा दुईबीचमा भएको झ डप हुन गएको थियो ।

झ डपमा परी नेपाल प्र हरीका २ जना र सशस्त्र प्र हरीका २ जना घाइ ते भएका छन् । हाल राजमार्गमा कर्फयु लगाइएपनि स्थानीयवासिन्दाले आन्दोलन चर्काइरहेका छन् ।प्र हरीले भने घ टनाको गहिरो अनुसन्धान भइरहेकाले राजमार्ग बन्द गरेर अन्य सर्वसाधारणलाई दुःख नदिन अनुरोध गरेको छ । तर, आन्दोलित स्थानीयवासिन्दाले घ टनाको अनुसन्धानको माग गर्दै आन्दोलन चर्काएको छ ।

प्रतिक्रिया