दुर्लभ वन्यजन्तुको छालासहित चार चिनियाँ नागरिक पक्राउ

admin

काठमाडौं, २२ असार : नेपाल प्र हरीले दुर्लभ वन्यजन्तुका अङ्ग र छालासहित चार जना चिनियाँ नागरिकलाई प क्राउ गरेको छ । सोमबार राति महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेबाट खटिएको विशेष टोलीले ठमेल क्षेत्रबाट ४ जना चिनियाँलाई प क्राउ गरेको हो ।

दुई वटा टेबुलमा विद्युत् जडान गरी डाइस जस्तो देखिने गोटीबाट जुवा खेलिरहेका बेला उनीहरू प क्राउ परेको र अनुसन्धान गर्दै जाँदा उनीहरुको साथबाट झन्डै ७ फिट लामो पाटे बाघको छाला, गाईको जस्तो देखिने छाला, कस्तुरीको विना २० थान फेला परेको प्र हरीले जनाएको छ ।

प क्राउ परेका चिनियाँको साथबाट जुवा खेलाउन प्रयोग गरिएका ४ सय १० वटा गोटी, करिब ९ लाख रुपैयाँ नगद, विभिन्न बैंकका एटीएम र रकम लेनदेन गरिएका भौचर पनि बरामद गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले जानकारी दिनुभयो ।

उनीहरूविरुद्ध वन्यजन्तु तस्करी, गैरकानुनी जुवा, जडिबुटीको अवैध ओसारपोसारविरुद्धको कानुन अनुसार अनुसन्धान अघि बढाइएको एसपी सिंहले बताउनुभयो । यसमा अन्य मानिसको पनि संलग्नता हुने आशङ्का गरिएको छ। वन्यजन्तुको छाला फेला गर्नुले नेपालीहरूको पनि संलग्नता देखिएको उहाले बताउनुभयो ।

प्रतिक्रिया