ज्ञानेन्द्र वीर बिक्रम शाहको ७५औं शुभ जन्मोत्सव : हे राजन, अब टोलाएर नबस !

admin

काठमाडौं, २३ असार : श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर बिक्रम शाह देव सरकारको ७५औं शुभ जन्मोत्सवको उपलक्ष्यमा मौसुफ सरकार लाई हार्दिक मंगलमय शुभकामना एवं मंगलकामनाको सँगसँगै मौसफ सरकारको जूनाफमा नेपाली जन र मनको तर्फबाट व्यक्त शुभकामना भाव ।

“हे राजन, अब टोलाएर नबस !” वीररहरुको रगतले सिंचित ज्ञान-भूमि, शान्ति-भूमि पशुपतिनाथको कृपा प्राप्त जनक-बुद्धको जन्मभूमि, कर्म-भूमि । सीता-गार्गी-विद्यापति-ऋषिमुनि छन जसका विभुति, नर-नारद-नारायण ललायित हुन्छन् जहाँ, त्यो हो नेपाल भूमि ।। १।।

राजनीतिक अराजकताको प्रकाष्ठा गगनचुम्बी भयो, लूटतन्त्र-लम्पसारवादले देश र जनता त्राहिमाम भए । देश-बचाउन महेन्द्र-माला जप्नै पर्ने भयो, हे राजन ! महेन्द्रपथ – ज्ञानेन्द्रपथ ब्युँताउनै पर्ने भयो ।। २।।

सुस्ता बेचे, महाकाली-कालीगण्डकी बेचे, बेची सिध्याए सबै नदि-नाला, लिपुलेक बिक्यो, सगरमाथा बिक्यो, बिक्यो नेपाल आमा । बाँकी राखेन्न केहि, बेची खायो स्वाभिमान, अभिमान र आत्मसम्मान, जाग हे नरेश ! मातृभूमि रुँदैछिन, जनता पुकार्दै छ्न ।। ३।।

चार-वर्ण छत्तीस जातको साझा फुलबारी हाम्रो नेपाल, धोती-टोपी, वाद-वादी, जातपात, दल-गुटमा बिभक्त भयो । हिमाल-पहाड-तराई मेटाई, प्रदेशको नाममा देश बनाइयो, आफ्नै पौरख-गाथा मेटाई, आयातीत छाडा सभ्यता भित्रियाइयो ।। ४।।

जाग हे राजन ! दुराचार – भ्रष्टाचार – अराजकता घरघरमा ब्याप्त छन्, देश-बेचुवा – जनतामाराहरु मालामाल छन् । अब देर न गर अबेर भइसक्यो, जाग हे धर्म-रक्षक ! देश र जनता आक्रान्त छन् ।। ५ ।।

टोलाएर न बस, हे जनादेश पालक ! देश र जनता निर्मल-निवास तिर टकटकी लगाएका छन्, पर्खाइ के को हो ?, देशभक्तहरु सडक मै छन् । सुम्पेको नासो आम जनता सुम्पिन औताहुल छन् , वीर का सन्तानहरु मातृभूमि बचाउन सहिद नि हुन् आतुर छन् ।। ६ ।।

हे पशुपतिनाथ , हे माँ जानकी !! फर्कियोस युगौं-युग रहने राज-संस्था हाम्रो ! पुनःस्थापित होस, शाहवंशीय परम्परा र इतिहास !! सम्पूर्ण देवी-देवताले सु-स्वास्थ, दिर्घायू , शक्ति प्रदान गरुन् ! ७५औं शुभ जन्मोत्सवको लाखौं-लाख शुभकामना एवं मंगल-कामना ।। ७ ।।

रचनाकार : डा. मनोज मुक्ति “विवेक” (डा. मनोज कुमार झा)

राष्ट्रिय अध्यक्ष जनतान्त्रिक तराई मुक्ति मोर्चा राष्ट्रिय नागरिक आन्दोलन राष्ट्र बचाउ अभियान

मिति :- २०७८/०३/२३ गते (07/07/2021) बुधबार शुभम्

प्रतिक्रिया