बालकको ह त्या अभियोगमा २ किशोरी पक्राउ

admin

काठमाडौं, २४ असार : कैलालीको टीकापुर नगरपालिका–१ ब्लक नम्बर ८ मुनुवा रोड बस्ने दिलिप बिष्टको छोरा साढे ३ वर्षीय गोलु भन्ने विवेक बिष्टको ह त्या गरेको अभियोगमा २ जना किशोरीलाई बिहीवार प्र हरीले प क्राउ गरेको छ ।

प क्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १५ वर्षीया किशोरी र टीकापुर नगरपालिका–१ डेरा गरी बस्ने लम्कीचुहा नगरपालिका–६ घर भएकी १४ वर्षीया किशोरी रहेका छन् । दिदी नाता पर्नेसँग जामुन खान गएको अवस्थामा सोमवार बिहानदेखि बे पत्ता भएका विकेकको खोजी गर्ने क्रममा टीकापुर नगरपालिका–४ घोयली उपभोक्ता वनस्थित जमरा कुलोमा बुधवार साँझ श व फेला परेको थियो ।

घ टनाको थप अनुसन्धानका लागि तत्काल सुदूरपश्चिम प्रदेश प्र हरी कार्यालय र जिल्ला प्र हरी कार्यालय कैलालीबाट २ वटा स्नीफङ डगसहित खटिएको प्र हरीले ह त्यामा संलग्न उनीहरूलाई प क्राउ गरेको हो ।

विकेकलाई पारिवारिक रिसइबीका कारण ह त्याको योजना बनाई जामनु खाने निहुँमा घरबाट करीब ५०० मिटर टाढा कुलोमा लगि बालकले लगाएको चाँदीको बाला निकाली बालकलाई ध क्का दिई कुलोमा खसाली ह त्या गरेको अनुसन्धानबाट खुल्न आएको छ । उनीहरू उपर थप अनुसन्धान भइरहेको जिल्ला प्र हरी कार्यालय कैलालीले जनाएको छ ।

प्रतिक्रिया