थप दुई हजार १ सय ६९ जनामा संक्रमण पुष्टि, २२ जनाको ज्यान गयो

admin

काठमाडौं, २६ असार : शनिबार नेपालमा दुई हजार एक सय ६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ६ हजार पाँच सय ३० जनाको पीसीआर परीक्षण गर्दा एक हजार तीन सय ५३ जना र तीन हजार आठ सय ८७ जनाको एन्टिजेन परीक्षण गर्दा आठ सय १६ जना गरी दुई हजार एक सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

योसहित नेपालमा अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणमा ६ लाख ५४ हजार दुई सय १२ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ४३ हजार ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै बितेको २४ घण्टामा एक हजार चार सय ३२ जना निको भएसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख १८ हजार तीन सय ६१ जना पुगेको छ ।

यस्तै थप २२ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । योसहित कोरोनाबाट ज्यान गुमाउनेको संख्या नौ हजार तीन सय ६२ जना पुगेको छ । अहिले नेपालमा २६ हजार चार सय ८९ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया