यूरो कपमा सट्टाबाजी खेलाउने ५ जना पक्राउ

admin

ललितपुर , २६ असार :यूरो कप फुटबल प्रतियोगिता २०२१ का खेलमा सट्टाबाजी खेलाउने गरेको अभियोगमा ललितपुरका विभिन्न स्थानबाट ५ जनालाई प्र हरीले प क्राउ गरेको छ।

प क्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका–५ थसिखेल बस्ने ३२ वर्षीय दिप्जल ढुंगाना, सोही महानगरपालिका–२ सानेपा बस्ने २६ वर्षीय आशिष सिंह, सोही महानगरपालिका–११ कोवाहाल बस्ने ४२ वर्षीय राजु महर्जन, सोही महानगरपालिका–१६ धापागल बस्ने ३८ वर्षीय बिनोद महर्जन र सोही महानगरपालिका–१२ टंगाल बस्ने २९ वर्षीय सफिर राज राजकर्णिकार छन्।

युरो कप खेलहरुको सामाजिक संजाल प्रयोग गरी अनलाइनको माध्यमबाट प्रत्येक खेलमा बाजी थापेर ठूलो धनराशि हारजित हुने गरेको सूचनाको आधारमा खटिएको प्र हरी टोलीले सट्टाबाजीमा प्रयोग भएका मोबाइलहरु सहित उनीहरुलाई प क्राउ गरेको जनाएको छ।

उनीहरूउपर सट्टाबाजी गर्न नहुने सम्बन्धि कसूरमा मुद्दामा ललितपुर जिल्ला अदालतबाट सात दिन म्याद थप भई अनुसन्धान भइरहेको महानगरीय प्र हरी परिसर ललितपुरले जनाएको छ।

प्रतिक्रिया