एमालेको आन्तरिक विवाद समाधान गर्दै भोलि सहमतिको घोषणा गर्ने

admin

काठमाडौं, २६ असार : नेकपा एमालेको कार्यदलले पार्टीभित्र देखिएका विवाद समाधान गर्दै आइतबार सहमतिको घोषणा गर्ने तयारी गरेको छ । सिंहदरबारमा शनिबार बसेको कार्यदल बैठकमा असहमतिका केहि बिषयलाई टुङ्ग्याएको र आइतबार सहमतिको घोषणा हुने नेताहरुले जनाएका छन् ।

कार्यदलका सदस्य गोकर्ण विष्टले आइतबार सकारात्मक सन्देश प्रवाह गर्ने जानकारी दिनुभयो । उहाले सहमतिका लागि अन्तिम अन्तिम अवस्थामा आइपुगेको र लगभग समस्यालाई समाधान खोज्ने विन्दुमा पुगेको बताउनुभयो । एकताको सन्देश सुन्न आतुर कार्यकर्तालाई आइतबार सकारात्मक सन्देश दिने उहाले बताउनुभयो । उहाले कार्यदललमा केहि औपचारिक काममात्र बाँकी रहेको जानकारी दिनुभयो । विष्टले पार्टीलाई एकताबद्ध गर्न दुवै पक्षले इमानदारी प्रयत्न गरेको जनाउनुभयो ।

त्यस्तै एमाले नेता भीम रावलले कार्यदल अन्तिम विन्दुमा रहेको र छिटै निष्कर्षमा पुगिने बताउनुभयो ।त्यस्तै एमाले नेता सुवास नेम्वाङले सहमतिको सवै काम टुङ्गीएको जानकारी दिनुभयो । आइतबार बिहान ८ बजे पछि बस्ने बैठकपछि सहमतिको विवरण सार्वजनिक हुने उहाको भनाई छ । उहाले तीन बर्षदेखिएको विवाद टुङ्ग्याउनका लागि केहि समय लागेको जिकिर गर्नुभयो ।

यसअघि कार्यदलले शुक्रबार नै पार्टी विवाद मिलाएको दावी गरेको थियो । शुक्रबार एमाले प्रवक्ता समेत रहेका कार्यदलका सदस्य प्रदीप ज्ञवालीले कार्यदलले सहमति जुटाएको र भाषा मिलाउन बाँकी रहेको बताउनुभएको थियो ।

कार्यदलको बैठक सोमवारदेखि लगातार बस्दै आएको छ । पार्टी एकताको पक्षमा भएको सहमतिमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधव नेपालले हस्ताक्षर गरेर सार्वजनिक गर्ने कार्यदलको तयारी छ ।

प्रतिक्रिया