काभ्रेमा मान्छे मारेर भागेका चालक पक्राउ

admin

काभ्रे : काभ्रेको बनेपामा तरकारी ब्यापार गर्दै आएका दुई जनालाई ठ’क्कर दिएर भागेको सवारी चालक प’क्राउ परेका छन् । प’क्राउ पर्नेमा रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका वडा नम्बर १ का ३९ बर्षीय दोर्जे शेर्पा रहेको जिल्ला प्र’हरी कार्यालय काभ्रेले जनाएको छ ।

शेर्पाले गएको जेठ २४ गते बिहान ४ बजे बनेपा नगरपालिका वडा नम्बर ७ स्थित पुरानो तरकारी बजार अगाडी अरनिको राजमार्ग सडक खण्डमा तरकारी व्यावसाय गर्दै आएका पाँचखाल नगरपालिका वडा नम्बर १ घर भएका ७१ को नन्दकेशर तिमल्सिना र झापा जिल्ला लखनपुर दमक गाउँपालिका वडा नम्बर ८ घरभई बनेपा बस्दै आएकी ३० बर्षीय सबिना बाँनिया राईलाई ठक्कर दिई दुबैजनालाई सख्त घाईते बनाई फरार भएका थिए ।

घाईतेलाई नन्दकेशर तिमल्सिनाको धुलिखेल अस्पतालमा सोहिदिन मृ’त्यु भएको थियो । सबिना बाँनिया राईको सोही अस्पतालमा उपचार भैई मिति असार १८ गते डिस्चार्ज भएको जिल्ला प्र’हरी कार्यालय काभ्रेले जनाएको छ ।

फ’रार रहेका शेर्पालाई खोजतलास गर्ने क्रममा जिल्ला प्र’हरी कार्यालय रामेछाप र काभ्रे कार्यालयको सँयुक्त अनुसन्धान टोलीले आफ्नै घरबाट प’क्राउ गरेको हो । शेर्पालाई ज्यान सम्बन्धी क’सुर (सवारी ज्यान) मु’द्दामा जिल्ला अ’दालत काभ्रेबाट म्याद थप गरी अ’नुसन्धान कार्य भइरहेको काभ्रे प्र’हरीले जनाएको छ ।

चालक पत्ता लगाउन काभ्रे प्र’हरीले निकै मेहनत गरेको थियो । घटनाको अनुसन्धानको क्रममा शंकास्पद दर्जनौ सवारी साधन, सवारी चालक र सर्वसाधारणलाई सोधपुछ गरेको थियो । यातायात व्यवस्था कार्यालय, सवारी साधन बितरक कम्पनी ग्यारेज, रिकन्डिसन पुगेर प्रहरी टोलीले अभिलेखहरुको सुक्ष्म अध्ययन गरेको जनाएको छ ।

फ’रार रहेको सवारी साधन र सवारी चालक जान सक्ने सम्भावित स्थानहरु काठमाण्डौ, सिन्धुपाल्चोक, दोलखा, रामेछाप लगायत तराईका जिल्लाहरुमा समेत प्र’हरी टोलीले सुचना संकलन तथा खोजतलास गरेको थियो ।

प्र’हरीको बिशेष अ’नुसन्धान टोली परिचालन गरि ह्यूमन इन्टेलिजेन्स र विविध प्राविधिक पक्षहरुको बिश्लेषणको आधारमा ३९ बर्षीय शेर्पा र उनले चलाउने ना ४ च ४०६९ नम्बरको सवारी नियन्त्रणभा लिन प्र’हरी सफल भएको हो ।

प्रतिक्रिया