पार्टी एकता जोगाउन नेता भट्टराईद्वारा आह्वान

admin

काठमाडौं, २८ असार : नेकपा एमालेका नेता योगेश भट्टराईले प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको आदेशको सम्मान र स्वागत गरेका छन् । सामाजिक सञ्जालमार्फत आदेशको सम्मान गर्दै उनले पार्टी एकता जोगाउनका लागि संयम र धैर्यताका साथ अघि बढ्न आह्वान पनि गरेका छन् । यस्तै नेता भट्टराईले आइतबार राति भएको १० बुँदे सहमतिलाई इमानदारिताका साथ कार्यान्वयन गर्दै नेकपा एमाले संसदभित्र र बाहिर पनि एकढिक्का रहने छ भन्ने विश्वास व्यक्त गरेका छन् ।

उनले लेखेका छन्, ‘सर्वोच्च अदालतको संवैधानिक बेन्चद्वारा प्रतिनिधि सभाको पुनर्स्थापना गर्ने गरी गरेको आदेशको सम्मान र स्वागत गर्दछु । बदलिएको परिस्थितिमा प्रतिनिधि सभाको बाँकी कार्यकालको सुनिश्चिततासहित नेकपा एमालेको एकतालाई जोगाउन एमालेका समस्त नेता र कार्यकर्ता कमरेडहरूमा संयम र धैर्यताका साथ अघि बढ्न आह्वान गर्दछु ।’

प्रतिक्रिया