राष्ट्रिय सभाको अधिवेशन अन्त्य

admin

काठमाडौं, २८ असार : राष्ट्रिय सभाको आठौँ अधिवेशन (आज) सोमबारदेखि अन्त्य हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार राति १२ बजेदेखि लागू हुने गरी राष्ट्रिय सभाको अधिवशेन अन्त्य गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७८/०३/२८ को सिफारिसमा राष्ट्रिय सभाको आठौँ अधिवेशन अन्त्य गरेकी हुन् ।

प्रतिक्रिया