सुरक्षा निकाय ‘हाई अलर्ट’

admin

काठमाडौं, असार २९ : गृह मन्त्रालयले उच्च सुरक्षा सतर्कताका लागि शसस्त्र, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।

प्रतिनिधिसभा विघटन बदर गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्च अदालतले परमादेश दिएपछि गृहसचिव महेश्वर न्यौपानेले उच्च सुरक्षा सतर्कता अपनाउन र विशेष सुरक्षा योजना बनाएर लागू गर्न निर्देशन दिनुभएको हो । सोमबार साँझ सचिवस्तरीय बैठकले देशभर सुरक्षा सतर्कता बढाउने निर्णय गरेको थियो ।

लगतै गृहसचिव न्यौपानेले मातहतका निकायलाई निर्देशन दिनुभएको हो । गृहले यसका लागि प्रशासन र सुरक्षा निकायलाई एकिकृत सुरक्षा योजना लागू गर्न पनि भनेको छ । गृहको परिपत्र सोमबार साँझ नै सबै जिल्ला प्रशासनमा पठाइसकिएको छ ।

प्रतिक्रिया