केपी ओलीले भोली बिहान मात्रै बालुवाटार छाड्ने

admin

काठमाडौं, २९ असार : निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले (भोलि) बुधबार मात्रै बालुवाटार छाड्ने भएका छन् । एमालेकै भातृ सङ्गठन युथ फोर्सले (आज) मंगलबार नै ओलीलाई स्कर्टिङ गरेर सरकारी निवास बालुवाटारबाट निजी निवास बालकोट लैजाने भनेको थियो ।

ओलीका प्रेस संयोजक रामशरण बजगाईँले भने मंगलबार तयारी नपुगेकाले ओलीले बुधबार बिहानमात्रै बालुवाटार छाड्ने जानकारी दिएका छन् । बालकोटमा रहेको निवासमा तयारी गर्नुपर्ने र बालुवाटार छाड्ने पनि तयारी गर्नुपर्ने भएकाले बुधबार बिहान मात्रै उनी बालकोट जाने बजगाईँले जानकारी दिए ।

प्रतिक्रिया