आज एक हजार ६ सय ६ जना कोरोनामुक्त हुँदा थप दुई हजार ९ सय ५ जनामा संक्रमण पुष्टि

admin

काठमाडौं, ३० असार : बुधबार देशभर दुई हजार नौ सय पाँच जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आठ हजार एक सय आठ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा दुई हजार १० जना र चार हजार नौ सय १६ जनाको एन्टिजेन परीक्षण गर्दा आठ सय ९५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

बितेको २४ घन्टामा कुल परीक्षणको झण्डै २५ प्रतिशतमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । यस्तै बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा चार सय २५ जनामा संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या सात लाख ६ हजार सात सय ६१ जना पुगेको छ ।

यस्तै बितेको २४ घण्टामा एक हजार ६ सय ६ जना कोरोना निको भएका छन् । योसहित नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख २४ हजार सात सय ११ जना पुगेको छ । यस्तै थप १८ जनासहित अहिलेसम्म नौ हजार चार सय ३० जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । अहिले नेपालमा सक्रिय संक्रमितको संख्या २६ हजार ६ सय ४८ रहेको छ ।

प्रतिक्रिया