थप दुई हजार ६ सय ७६ जनामा संक्रमण पुष्टि, अहिलेसम्म २६ लाख २१ हजार चार सय ७६ जनाले एक मात्रा खोप लगाए

admin

काठमाडौं, ३१ असार : बिहीबार देशभर दुई हजार ६ सय ७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आठ हजार दुई सय ५६ जनाको पीसीआर परीक्षण गर्दा एक हजार सात सय ८२ जना र चार हजार पाँच सय १२ जनाको एन्टिजेन परीक्षण गर्दा आठ सय ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

योसहित नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्यासात लाख नौ हजार चार सय ३७ जना पुगेको छ । यस्तै बितेको २४ घण्टामा एक हजार सात सय ५७ जना निको भएसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख २६ हजार चार सय ६८ पुगेको छ । अहिले नेपालमा २६ हजार ६ सय ३९ जना कोरोनाका सक्रिय संक्रमित छन् ।

थप ३३ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । योसहित नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या नौ हजार चार सय ६३ पुगेको छ । नेपालमा अहिलेसम्म २६ लाख २१ हजार चार सय ७६ जनाले एक मात्रा र ११ लाख आठ हजार आठ सय ६८ जनाले दुई मात्रा कोरोनाविरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया