राष्ट्रपतिद्वारा टोकियो ओलम्पिकमा सहभागी हुने नेपाली टोलीलाई बिदाइ

admin

काठमाडौं, ३१ असार : टोकियो ओलम्पिकमा सहभागी हुने नेपाली टोलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार बिदाइ गरेका छन् । शीतल निवासमा भएको कार्यक्रममा राष्ट्रपति भण्डारीले राष्ट्रिय झण्डा हस्तान्तरण तथा शुभकामनासहित बिदाइ गरिन् ।

राष्ट्रपति भण्डारीले ओलम्पिकका लागि सेभ दी मिसन रहेका सदस्यसचिव रमेश सिलवाललाई झण्डा हस्तान्तरण गरेकी हुन् । उनले खेलका आवश्यक नियमहरु पालना गरेर अनुशासनमा रहेर खेल्न पनि खेलाडीलाई आग्रह गरिन् । (भोलि) शुक्रबार सुटिङ र जुडोको टोली जापान जानेछ ।

प्रतिक्रिया