डाक्टर भट्टराई र विप्लवबीच भेटवार्ता

admin

काठमाडौं, १ साउन : जनता समाजवादी पार्टी (जसपा) नेपालका सङ्घीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराई र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । भट्टराईलाई भेट्न विप्लव नेता धर्मेन्द्र बास्तोलासहित उनको निवास पुगेका हुन् ।

भेटमा पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको नेता बास्तोलाले बताए । (हिजो) बिहीबार विप्लवले एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेका थिए भने बुधबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका थिए ।

प्रतिक्रिया