ट्याक्टर र अटो ठोक्किँदा २ जनाको मृत्यु

admin

झापा, १ साउन : झापाको भद्रपुर नगरपालिका २ स्थित भद्रपुर–बनियानी सडक खण्डमा ट्याक्टर र अटो आपसमा ठोक्किँदा २ जनाको मृ त्यु भएको छ । दुर्घटनामा परि भद्रपुर १ केन्द्रमोडकी ३५ वर्षीया नानी भनिने छबिमाया लिम्बु र ४० बर्षीय डम्बरबहादुर लिम्बुको मृ त्यु भएको प्र हरीले जनाएको छ ।

भद्रपुरबाट बनियानीतर्फ जाँदै गरेको मे १ त २८२१ नम्बरको ट्याक्टरमा विपरित दिशाबाट आउँदै गरेको मे १ ह ६४१९ नम्बरको अटो साढे दुई बजे ठोक्किँदा अटोमा सवार छबिमायाको घ टनास्थल मै र डम्बरबहादुरको उपचारको क्रममा ४ः१० मा ओमसाई पाथिभरा अस्पतालमा मृ त्यु भएको जिल्ला प्र हरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए ।

दु र्घटनामा परि गम्भी र घाइ ते सोही स्थानका ४२ वर्षीय वीरबहादुर लिम्बू र ३२ वर्षका नरबहादुर लिम्बुको ओमसाई पाथिभरा अस्पताल भद्रपुरमा उपचार भइरहेको प्रवक्ता थापाले बताए । थापाका अनुसार वीरबहादुर अटो चालक रहेको र उनको टाउको तथा खुट्टामा गम्भी र चो ट लागेको छ भने अर्का घा इते नरबहादुर अटोमा सवार यात्रु रहेको र उनको अवस्था मध्यम रहेको छ । ट्याक्टर र चालक कचनकवल गाउँपालिका ३ का ३३ वर्षीय सागरसिंह राजवंशीलाई सिमा प्रहरी चौकी पृथ्वीनगरले नियन्त्रणमा लिएको प्र हरीको भनाई छ ।

प्रतिक्रिया