मृतावस्थामा फेला परे साधु

admin

कञ्चनपुर, २ साउन : बेदकोट नगरपालिका–४ स्थित पर्यटकीय क्षेत्र लिङ्गामा बस्दै आएका अन्दाजी ७५ वर्षीय साधु किसन नाथ आज मृ तावस्थामा फेला परेका छन् । साधु मृ तावस्थामा फेला परेपछि स्थानीय बासिन्दाले प्र हरीलाई खबर गरेका हुन् ।

मृ त्युको कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्र हरी कार्यालय कञ्चनपुरका प्र हरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले बताए । “मृ तकको शरीरको बाह्य क्षेत्रमा कुनै किसिमको चो टपटक लागेको छैन”, उनले भने, “हिजो बिरामी भएर उपचारका लागि गएको भन्ने बुझिएको छ ।

बिरामी परेर वा अन्य के कारणले मृ त्यु भएको हो, त्यसबारे अनुसन्धान भइरहेको छ ।” साधु गिरी लिङ्गा क्षेत्रमा विगत चार वर्षदेखि बस्दै आएको बताइएको छ ।

प्रतिक्रिया