भारत सरकारद्वारा नेपाललाई १५० आइसियु बेड हस्तान्तरण

admin

काठमाडौं, ३ साउन : भारत सरकारले नेपाललाई कोरोना भाइरस (कोभिड-१९) रोकथामको लागि १५० आईसीयु बेड उपहार स्वरुप प्रदान गरेको छ । आइतबार स्वास्थ्य मन्त्रालयमा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले कानून मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई आईसीयू बेड हस्तान्तरण गरेका छन् ।

कार्यक्रममा कानूनमन्त्री कार्कीले कोभिडविरुद्ध लड्न भारतले गरेको सहयोग सदैव प्रसंसायोग्य रहेको बताए । मन्त्री कार्कीले नेपाल भारतबीचको सम्वन्ध ऐतिहासिक रहेको र निकट भविष्यमा पनि सहयोग आदानप्रदान हुने विश्वास व्यक्त गरे ।

राजदूत क्वात्राले भारत र नेपालबीचको सदीऔँ पुरानो विशिष्ठ सम्वन्ध रहेको भन्दै नेपाली जनतालाई कोभिड-१९ को संकटबाट जोगाउन भारतले सक्ने सहयोग गर्ने बताए । यसअघि पनि भारत सरकारले नेपाललाई कोरोना महामारी नियन्त्रण र रोकथामका लागि आवश्यक सामाग्री हस्तान्तरण गरेको थियो ।

प्रतिक्रिया