अब मुलुकमा कोरोना विरुद्धको खोप अभाव हुँदैन : प्रधानमन्त्री देउवा

admin

काठमाडौं, ३ साउन : प्रधानमन्त्री शेरबहादुर देउवाले अब मुलुकमा कोरोना विरुद्धको खोप अभाव नहुने बताएका छन् । संसद भवन नयाँ बानेश्वरमा आइतबार बसेको कांग्रेस संसदीय दलको बैठकमा कांग्रेस संसदीय दलका नेता समेत रहेका प्रधानमन्त्री देउवाले विभिन्न देशबाट खोप आइरहेको र अन्य देशबाट पनि खोप ल्याउन सरकारले पहल गरिरहेको बताएका हुन् ।

उनले सबै नागरिकलाई खोपको पहुँचमा ल्याई कोरोना संक्रमणमुक्त बनाउन सरकार प्रतिवद्ध रहेको धारणा राखे । उनले व्यवस्थीत तवरले खोपको वितरणका लागि पनि आफुले निर्देशन दिएको जिकिर गरे । त्यस्तै उनले सर्वोच्चको आदेशलाई स्वीकार गर्दै सहकार्यका लागि पूर्वप्रधानमन्त्री केपी शर्मालाई आग्रह गरिएको बताए । सरकाले सबै पक्षलाई समेटेर अघि बढ्ने उनको भनाई छ ।

संसदीय दलको बैठकले संसद पुर्नस्थापना गर्ने सर्वोच्चको आदेशलाई स्वागत गर्ने निर्णय गरिएको कांग्रेस सचेतक पुष्पा भूसालले जानकारी दिइन् । आइतबारको बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको उनले बताइन् । गठबन्धनमा सहभागी सबै दलले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने र बहुमत प्राप्त हुने विश्वास राखिएको कांग्रेस सचेतक भुसालले बताइन् ।

प्रतिक्रिया