जापान पठाइदिने भन्दै झन्डै ४० लाख ठगी, चार जना पक्राउ

admin

काठमाडाैं, ४ साउन : जापान पठाइदिने भन्दै विभिन्न व्यक्तिसँग ३९ लाख ६८ हजार नाै सय ९६ रुपैयाँ ठगी गर्ने चार जनालाई प्र हरीले प क्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखा नयाँ बानेश्वरको टोलीले सामाजिक सञ्जालको प्रयोग गरी विभिन्न व्यक्तिसँग ठगी गर्ने मकवानपुरकी ३७ वर्षीया शुभद्रा परियार, इलामका ३३ वर्षीया पूजा राई, सिन्धुपाल्चोकका ३३ वर्षीय राजेन्द्र ढकाल र भक्तपुरकी २१ वर्षीया दीपिका केसीलाई आज काठमाण्डाैका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

सामाजिक सञ्जाल फेसबुकमा ‘टानाकायोका’ को नामबाट फेसबुकको प्रयोग गरी आफू जापानको अध्यागमनमा काम गर्ने नागरिक हो भन्दै ‘वर्किङ भिसा’ प्रक्रियाका लागि रकम पठाउनुपर्छ भनी ठगी गरेको प्र हरी प्रधान कार्यालयले जनाएको छ ।

उनीहरूले पीडितलाई पैसा आफ्नो खातामा राख्न लगाएर जापान नपठाइ ठगी गरेको प्र हरीको भनाइ छ । प क्राउ परेका चारै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि महानगरीय प्र हरी परिसर काठमाण्डाै पठाइएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया