काठमाडौं, ५ साउन : प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफलका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पगेका छन् । उनीहरुबीच मन्त्रिपरिषद् विस्तारसहित पछिल्लो राजनीतिक विषयमा कुराकानी हुने बुझिएको छ ।
यसअघि दाहालले एमाले नेता माधवकुमार नेपालसँग उनकै निवास कोटेश्वरमा भेटवार्ता गरेका थिए । प्रधानमन्त्री देउवाले माधव पक्ष सरकारमा जाने नजाने निश्चित भए पछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । यस्तै, दाहाल र नेपालबीच छलफल सकिए पछि जनता समाजवादी पाटी जसपाका अध्यक्ष उपेन्द्र यादव पनि कोटेश्वर पुगेका थिए ।