मृत भेटिएका सैनिकलाई सहकर्मीले गोली हानेको पुष्टि

admin

चितवन, ८ साउन : चितवनको भरतपुर महानगरपालिका १७ मानचोकस्थित सिमलडाँडामा बिहीबार गोली लागेर मृ त अवस्थामा फेला परेका नेपाली सेनाका जवान भरत गुरुङलाई सँगै कार्यरत सैनिक जवानले गो ली हानेको पुष्टि भएको छ ।

धादिङ निलकण्ठ नगरपालिका घर भई नेपाली सेनाको महेन्द्र दल गण शिवपुरीमा कार्यरत ३६ वर्षीय गुरूङलाई सोही गणमा कार्यरत सिपाही गंगाधर ढकालले गोली हानेर हत्या गरेको चितवन प्र हरीले जनाएको छ । ढकाललाई बिहीबार नै प क्राउ गरेको पनि चितवन प्र हरीले जनाएको छ ।

ह त्यामा प्रयोग भएको पेस्तोल भरतपुर ८ विसहजारी ताल जाने पर्खाल पछाडीको झाडीबाट बरामद भएको पनि प्र हरीले जनाएको छ । गुरुङले साउन ५ गते जग्गा पास गर्न जाने भनेपछि ढकाल नै उनलाई लिन काठमाडौं गएको र सो रात चितवन पुगेर होटलमा बसी अत्यधिक मादक पदार्थ सेवन गरेको प्र हरीले अनुसन्धानबाट खुलेको छ ।

मादम पदार्थ सेवन गरेर राती मोटरसाइकलमा घुम्दै गर्दा विहान भएको र सिमलचौर पुगेपछि पिसाब गर्ने बहानमा मोटरसाइकल रोकेका ढकालले झोलाबाट पेस्तोल झिकेर गुरुङको कन्चटमा हानेको प्र हरीले जनाएको छ । पीडित परिवारले ढकालमाथि कडा भन्दा कडा कारबाही माग गरेको छ ।

प्रतिक्रिया