सूर्यविनायक जंगलमा फेला पर्‍याे हड्डी र कंकाल

admin

काठमाडौं, ८ साउन : भक्तपुरको सूर्यविनायक जंगलमा मानव शरीरजस्तो देखिने हड्डी र कंकालहरू फेला परेको छ । महानगरीय प्र हरी वृत्त जगाती भक्तपुरको टोलीले शुक्रबार जंगलमा रहेको काफलको रूखमुनि हड्डी र कंकालहरू फेला पारेको हो ।

काफलको रूखको कापोमा पहेलो नाम्लोसहित हरियो नाइनलको डोरी झुन्डिरहेको, सोही रूखको तल भुइँमा मानवको जस्तो देखिने दुईवटा लामोलामो हड्डीहरू रहेको, रातो रंगको म्याजिक चप्पल र नजिकैको झाडीमा हिलो, माटो लागेको कपडाहरू यत्रतत्र छरिएर रहेको फेला पारेको प्र हरी निरीक्षक सूर्यबहादुर शाहीले जानकारी दिए ।

कंकाल र हड्डीहरूलाई संकलन गरी परीक्षणका लागि काठमाडाैं मेडिकल कलेज दुवाकोट, भक्तपुरमा पठाइएको र घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्र हरीले जनाएको छ ।

प्रतिक्रिया